आइतबार, पुस ६, २०८२

तयार भयो माघ महिनाको संसद् क्यालेण्डर

 |  सोमबार, माघ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ १४, २०८१

काठमाडौं- यही माघ १८ गतेदेखि सुरु हुन लागेको हिउँदे अधिवेशनका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तयारी सुरु गरेका छन्। यसक्रममा उनले आज संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गरे।

National life

सभामुखसहित पाँच दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूबीचको छलफलले माघ महिनाको संसद् बैठकको क्यालेण्डर तय गरेको छ। माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु भएपछि यो महिना सात दिन प्रतिनिधि सभाको बैठक राख्न सहमति जुटेको छ।

हिउँदे अधिवेशनको बैठक माघ २२, २३, २४, २८, २९ र ३० गतेलाई राख्न दलहरूबीच सहमति जुटेको हो। बैठकको पहिलो दिन नै सबै अध्यादेश पेस हुनेछन्। त्यसपछि २२ गते अध्यादेशहरू निर्णयार्थ पेस गरिनेछ।

पहिलो दिनको बैठकमा प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

प्रकाशित: Jan 27, 2025| 13:39 सोमबार, माघ १४, २०८१
प्रतिक्रिया दिनुहोस्