शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीति थप लचिलो बन्दै जान्छ: अर्थमन्त्री पौडेल

मौद्रिक नीति थप लचिलो बन्दै जान्छ: अर्थमन्त्री पौडेल

 |  शनिबार, माघ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, माघ १२, २०८१

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति थप लचिलो हुने बताएका छन्।

National life

शनिबारदेखि विराटनगरमा सुरु भएको विराट एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय राष्ट्र बैङ्कले मौद्रिक नीति लचिलो बनाउँदै लगेको र आगामी दिनमा थप लचिलो हुँदै जाने बताएका हुन्।

अर्थमन्त्री पौडेलले मौद्रिक नीति राष्ट्र बैङ्कको क्षेत्राधिकार भए पनि पछिल्लो समय राष्ट्र बैङ्कले क्रमशः लचिलो बनाउँदै लगेको बताए। उनले मौद्रिक नीति थप लचिलो बनाउन सरकारले राष्ट्र बैङ्कसँग पहल गर्ने स्पष्ट पारे।
पौडेलले भने, ‘मौद्रिक नीति पछिल्लो समय राष्ट्र बैङ्कले लचिलो बनाउँदै लगेको छ। आगामी दिनमा थप लचिलो बनाउन सरकारले राष्ट्रबैंक सँग पहल गर्छ।’

अर्थमन्त्री पौडेलले राजनीति बिग्रिए, अर्थतन्त्र पनि बिग्रने र नेपालमा पनि राजनीति बिग्रिएकै कारण अर्थतन्त्र बिग्रिएको धारणा राखे। उनले राजस्वमा सुधार हुँदै गएको, ब्याजदर घटेर एकल अङ्कमा झरेको, नीतिगत सुधार गरिएका कारण लगानीको वातावरण तयार हुँदै गएको र निजी क्षेत्रको मनोबल बढेको दाबी गरे।

उनले सरकारले विभिन्न २९ वटा कानुन परिमार्जन गरी सुशासन, सेवा प्रवाहमा सुधार र लगानी अभिवृद्धिका लागि वातावरण तयार पारेको बताए । उनले सरकारले राजस्व र करमा भएको बेथिति हटाउने, उद्योगमा की जग्गामा लगानी गर्ने भन्ने उद्योगीको अन्योललाई अन्त्य गर्ने स्पष्ट पारे।

Shivam cement

प्रकाशित: Jan 25, 2025| 18:31 शनिबार, माघ १२, २०८१
प्रतिक्रिया दिनुहोस्