आइतबार, असोज १८, २०८३

माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई नैतिकताका आधारमा पदबाट राजीनामा गर्न आग्रह गरेको छ।

लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने माओवादीले माग गरेको हो।

समितिको मंगलबारको बैठकको सुरुमै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभापति पोखरेललाई राजीनामा गर्न सुझाव दिए। उनले भने, 'सभापतिमाथि नैतिक प्रश्न उठेपछि मार्गप्रशस्त गरिदिने र लोकतान्त्रिक ढंगले प्रतिपक्षी दललाई दिन माग गर्दछु। लेखा समिति सभापति प्रतिपक्षी दलको नेतालाई दिनुपर्ने अभ्यास छ। तपाईं सभापति बनिसकेपछि केही विषयवस्तु बाहिर आए। उहाँको स्वकीय सचिवमार्फत भएका विषयवस्तु पनि बाहिर आएका छन्।'

लेखा समिति सभापतिले सरकारको पक्षपोषण गरिरहेको दाहालको आरोप छ। सभापित पोखरेल नेकपा एमालेका सांसद हुन्।  'सरकारले गरेका कुकर्म र दुष्कर्मको पक्षपोषण गर्ने, उजुरी रोक्ने, छोप्ने उद्देश्य तथा बदलनियत जोडिएका छन् कि भन्ने लागेको छ। सभापति नछोड्नुको पछाडि यस्तो उद्देश्य रहेको हो कि भन्ने आशंका छ,' दाहालले भने।

प्रकाशित: Jan 21, 2025| 12:15 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्