कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रंगशाला । प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाइएको रंगशालाको २० मङ्सिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका थिए ।
नौ बिघा क्षेत्रफलमा रहेको रंगशाला एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको छ। रंगशालामा आगामी २०८१ चैत २३ देखि ३० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ। तस्बिरः रासस