काठमाडौं – गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले सपथ लिन नपाउने भएका छन्। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले राजीवलाई सपथ नखुवाउने निर्णय गरेको हो।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार सपथ गराउन नमिल्ने बताएका हुन्। फौजदारी अभियोग लागेका राजीवले सपथ ग्रहणका लागि गण्डकी प्रदेश सभामा पुस १२ गते निवेदन दिएका थिए।
सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारी विभिन्न व्यक्तिसँग छलफल तथा राय मागेका थिए। उनले सर्वोच्चबाट मुद्दा किनारा नलागेसम्म सपथ खुवाउन नमिल्ने बताएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४