शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • फोनपे बिजनेस एपमा अन-रिक्वेस्ट विदड्रल सुविधा निःशुल्क

फोनपे बिजनेस एपमा अन-रिक्वेस्ट विदड्रल सुविधा निःशुल्क

 |  बुधबार, पुस २४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस २४, २०८१

काठमाडौं- डिजिटल भुक्तानी प्लेटफर्म फोनपेले व्यावसायिक व्यक्तिका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न ‘अन-रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ।

National life

यो सुविधाले व्यापारीलाई कुनै पनि समय आफ्नो आवश्यकताअनुसार नगद निकाल्ने अवसर दिनेछ। व्यापारीले आफ्नो बैंक खातामा नगद तुरुन्तै निकासी गर्न सक्नेछन् भने  यसका लागि कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।

सुविधा ल्याउनुको उद्देश्य व्यापारीको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिनु हो, जसले गर्दा उनीहरूको वित्तीय व्यवस्थापन अझ प्रभावकारी हुने कम्पनीको विश्वास छ। व्यापारीले आपूर्तिकर्तालाई भुक्तानी गर्न, कर्मचारीको तलब व्यवस्थापन गर्न र आकस्मिक खर्च सामना  गर्न यो सुविधा प्रयोग गर्न सकिनेछ। यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध हुनेछ।

व्यापारीले आफूले चाहेको समयआफ्नो फोनेपे बिजनेस एप प्रयोग गरी नगद तुरुन्त बैंक खातामा निकाल्न सक्नेछन्। यस सुविधाले नगद प्रवाहलाई तत्काल र अनुकूलनीय बनाउँछ, जसले व्यापारीको दैनिक कार्यलाई सहज बनाउनेछ। व्यापारीले आफ्नो नगद अन-रिक्वेस्ट विदड्रअल नगरे रकम स्वचालित रूपमा निर्धारित समयअनुसार बैंक खातामा स्थानान्तरण हुनेछ।

एक पटक यो सुविधा सक्रिय गरेपछि आवश्यक परेको जुनसुकै समय आफ्नो नगद कुनै अतिरिक्त शुल्कबिनै तुरुन्तै बैंक खातामा निकासी गर्न सकिने कम्पनीले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 08, 2025| 16:17 बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्