काठमाडौं- केएनपी नेरोलेक पेन्ट्सले काठमाडौँको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागी चाहिने आवश्यक सामग्री प्रदान गरेको छ।
सडक दुर्घटना कम गर्नका लागि नेरोलेकले ‘नो हर्न प्लीज,’ ‘नो स्टपिङ,’ ‘स्पीड लिमिट’ र ‘नो पार्किङ’ जस्ता सडक साइनबोर्डहरू प्रदान गरेको हो। जसले सडक सुरक्षा बारेमा जनचेतना फैलाउन मद्दत पुर्याउनेछ।
जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनी केएनपी नेरोलेकले समाजको भलाईमा योगदान पुर्याउन नयाँ लक्ष्य राखेको जनाएको छ।