आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बक्यौता रकम भुक्तानीका लागि प्रधानमन्त्रीलाई निर्माण उद्योग परिषद्को आग्रह

बक्यौता रकम भुक्तानीका लागि प्रधानमन्त्रीलाई निर्माण उद्योग परिषद्को आग्रह

 |  बुधबार, पुस २४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस २४, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ।

प्रधानमन्त्री निवासमा मंगलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहितका पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्कामा मूल्य समायोजनलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउने गरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए।

सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय स्थानमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गरे। सरकारलाई गुणस्तर मापदण्ड पूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै उनले लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखिएको बताए।

सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतमा भूकम्पपछिको पुनःनिर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरे।    -रासस

प्रकाशित: Jan 08, 2025| 14:04 बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नविन्द्रराजको अधुरो सपना पूरा गर्ने संकल्पसहित नेतृत्व यात्रामा सपना राजभण्डारी

निष्ठा, समावेशिता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी सपना राजभण्डारी जोशीको राजनीतिक यात्रा।