काठमाडौं- देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार तराईका केही जिल्लामा हल्का वर्षाको सम्भवावना छ।
महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा पहिलेको तुलनामा मौसम हल्का परिवर्तन भई केही स्थानमा बदली र केही स्थानमा आकाश खुल्ला देखिएको छ।
आज तराईका केही जिल्लामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च तथा हिमाली क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश १, बागमती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।