शुक्रबार, वैशाख २६, २०८२

क्याप्टेन थापाले ल्याए ‘बारुदमाथि उड्दा’

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
काठमाडौं – क्याप्टेश रामेश्वर थापाको संस्मरणात्मक कृति ‘बारुदमाथि उड्दा’ सार्वजनिक भएको छ। आफ्नो ‘फ्लाइङ करिअर’मा ९ हजार घन्टाभन्दा बढी समय आकाशमा उडेका क्याप्टेन थापाको जीवनका अनुभूति समावेश भएको कृति ‘बारुदमाथि उड्दा’को शनिबार राजधानीको एलिस रिसेप्सनमा बिमोचन गरिएको हो। 

क्याप्टेन थापाले माओवादी जनयुद्धको कहालीलाग्दो समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीको उद्धार गरेका थिए। युद्धकालमा अधिकांश भिडन्तस्थल पुगेर उद्धार कार्यमा जुटेका क्याप्टेन थापाले पुस्तकमा युद्धकालका आला घटना, छटपटाइरहेका घाइतेका चित्कार तथा बारुदको धुवाँमाथि उडेर गरिएको उद्धार कार्यको वर्णन गरेका छन्। 

क्याप्टेन थापाले पुस्तकमा रुकुमको खारा आक्रमण, दैलेखको नौमुले, रामेछापको बेथान आक्रमण, सिन्धुलीको भिमाद आक्रमण लगायत चालीसभन्दा बढी स्थानको घटनाक्रमको ब्याख्या पुस्तकमार्फत गरेका छन्। 

बिमोचन समारोहमा राजनीतिज्ञ, मानवअधिकारकर्मी, नागरिक अभियन्ता, पत्रकार, उद्योगी व्यवसायी लगायत प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो। पुस्तकलाई बुक-हिलले बजारमा ल्याएको हो।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले पुस्तकको संयुक्त रुपमा बिमोचन गरेका थिए। सञ्चार उद्यमीसमेत रहेका थापा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।