बुधबार, साउन १३, २०८३

सरकारले जनविश्वास गुमाइसक्यो : नेता सिंह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथिको जनताको विश्वस घट्दै गएको बताएका छन्। नेता सिंहले संसदिय समितिले आफ्नो प्रतिबेदन नै नबुझाई आत्तियर रातारात गयर कानुन बिपरित समिति बनाउन लागि परेको आरोप लगाए। सरकारले संसदिय अभ्यास र अधिकार क्षेत्रलाई प्रभावित पार्ने कामगरेको प्रति उनले कडा रोष ब्यकत गरे।

४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२६ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले दुई तिहाईको सरकारले संविधानलाई पन्छाएर अगाडि बढ्न खोजेको बताए। 

‘सरकारले दुई तिहाइको बलमा कानुनभन्दा माथि उठेर रेशम चौधरीलाई सपथ खुवाएको छ,’ उनले भने। सरकारले मुद्दा चलेको व्यक्तिलाई राजनीतिक फाइदाका लागि कानुन मिचेर सपथ खुवाएको उनको भनाई छ। नेता सिंहले वाइडबढी किनबेचमा भएको घोटलाबारे सरकार डराएर छानविनका लागि कानुनविपरीत नयाँ समिति गठन गरेको उनको आरोप छ।

पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले कानुन विपरीत एकपछि अर्को काम गर्नुले पनि सरकारको विश्वसनीयता घटेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।