धनगढी- एकीकृत राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहोनीले दुई तिहाइको शक्ती देशमा भ्रष्टाचार बढाउन सक्रिय भएको आरोप लगाएका छन्।
दुई तिहाइको स्थिर सरकार जनताको पक्षमा काम गर्न भन्दा पनि कानुन मिचेर भ्रष्टाचारलाई बढावा दिन सक्रिय बनेको आरोप उनले लगाए।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा लोहोनीले सरकार आफ्ना नेता कार्यकर्ता पोस्ने काममा मात्र तल्लिन भएको बताए। जनताले धेरै आसा गरेको दुईतिहाइको सरकारले देशलाई अस्थिरता तर्फ धकेलेको उनले आरोप लगाए।
रेशम चौधरीलाई संसदमा ल्याउनै थियो भने गत बर्ष नै ल्याउनु पर्ने भन्दै उनले कानुन हातमा लिएर सरकारले जथाभावी गरिरहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४