शुक्रबार, पुस १२, २०८१

विद्यालयको १७ वर्षदेखिको बाध्यता
Siddartha premir insuranceSiddartha premir insurance

बोरा बिछ्याएर पढिरहेका विद्यार्थी, सात वर्षदेखि तलब नपाएका शिक्षक

विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुईंमा बोरा ओछ्याएर पढ्दै आएका छन्। भवनको नाममा दुईवटा स-साना छाप्रो छन्।
 |  बिहीबार, पुस ११, २०८१
nespernesper

रमेश तिमलसिना

रमेश तिमलसिना

बिहीबार, पुस ११, २०८१

ntc landingntc landing

रौतहट- रौतहटको फतुवा विजयपुर नगरपालिका–१, शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थीहरू बोरामा बसेर पढिरहेका छन्। यो उक्त विद्यालयको १७ वर्षदेखिको बाध्यता हो। बकैया नदीको ‘ड्याम’मा स्थानीय गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो।

himalayan bank box

विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुईंमा बोरा ओछ्याएर पढ्दै आएका छन्। भवनको नाममा दुईवटा स–साना छाप्रो छन्। अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन्।

विद्यालयमा कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताइन्। स्कुलमा डेस्क, बेन्च, भवन, शौचालय केही पनि नभएको उनले गुनासो गरिन्। अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताए। फर्निचर र भवन मात्र भए पनि पढ्न सहज हुने पटेल बताउँछन्। बाल विकास कक्षामा अध्ययन गर्न बालबाललिकाले बोरा लिएर जाने गरेका छन्। घरबाट बोरा नल्याउनेले चिसो भुईंमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादव बताउँछन्।

हाल उक्त विद्यालयमा चार जना बाल विकास शिक्षिका, दुई संघीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन्। स्थापना भएको १७ वर्षमा पनि विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन्। विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताए। विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको उनको बुझाइ छ।

सोही विद्यालय स्थानन्तरणका लागि २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कट्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाएका थिए। तर, उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृद्धि प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए।

vianet

विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताए। २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उनले गुनासो गरे। सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताए। मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएको उनले बताए।

साउनदेखि खाजा खुवाउन सकेको छैन
पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले जानकारी दिए। बाढीले हाजिरी रजिस्टर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधारको अभाव झेल्नुपरेको गुनासो गरे। विद्यालयमा एक सय ७५ विद्यार्थी छन्।

यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन्। शौचालय अभावमा उनीहरू दिसापिसाब गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ।

सात वर्षदेखि तलबविहीन
सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गरे। ६ असोज २०७५ मा आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रुपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोवीले बताए।

फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोवीले बताए। सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिए।

फतुवा विजयपुर नगरपालिका–१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिएका छन्। वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।   -रासस

प्रकाशित: Dec 26, 2024| 08:02 बिहीबार, पुस ११, २०८१
प्रतिक्रिया दिनुहोस्