बुधबार, साउन १३, २०८३

कर्मचारी आन्दोलनमा, महानगरमा फोहोरको थुप्रो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- कर्मचारी समायोजन विधेयक विरुद्ध कर्मचारीले शुरु गरेको आन्दोलनका कारण महानगरवासी अत्यावश्यकीय सेवाबाट बंचित भएका छन्। महानगरपालिका कार्यालयका कर्मचारी बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन्।

महानगरका कर्मचारीले दमकल बाहेकको सेवा बन्द गरेपछि महानगरको शहरी आवादी क्षेत्रमा फोहोर संकलन र नाला सफाई ठप्प हुनपुगेको छ । कर्मचारीको आन्दोलनको कारण विशेषगरी तरकारी बजारमा कुहिने फोहोर थुप्रिंदा दुर्गन्ध फैलिएको स्थानीय व्यापारीले गुनासो गरे । नगर क्षेत्रमा दैनिक बीस टन भन्दा बढी फोहोर उत्सर्जन हुने गरेको छ।

माग सम्बोधन गर्न धेरै पटक नगर प्रमुख र प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रिनु परेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष सोहन थापाले बताए।

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन र स्थानीय तह कर्मचारी संघले संयुक्तरुपमा अनिश्चितकालीन आन्दोलन गरेका हुन्। राजश्व तिर्ने, सिफारिस लिने लगायतको काम समेत नभएकोले सेवाग्राही मारमा परेका छन्। 

महानगरपालिका कार्यालयमा कार्यरत स्थानीय तहका कर्मचारीको वृत्ति विकास र संगठन तालिका महानगरको स्रोत साधनले थेग्ने गरी हुनुपर्ने माग कर्मचारी संगठनको छ।

 स्थानीय निकायको स्रोत साधन दुरुपयोग गरी निजामति कर्मचारी खटाईएकोले आन्दोलनमा उत्रिन परेको थापाले गुनासो गरे।

स्थानीय तहका कर्मचारीलाई काम नदिने र अख्तियार प्रत्यायोजन नगरी कर्मचारीको मानमर्दन गरिएकोले संघ र एसोसिएसनले संयुक्त आन्दोलन शुरु गरेको संघका अध्यक्ष मुकेश गुप्ताको भनाइ छ। 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भिष्म भुसालले कर्मचारीले उठाएका केही माग स्थानीस्तरबाट सम्बोधन हुन नसक्ने र केही  माग कर्मचारी समायोजनको भावनाविपरीत रहेको प्रतिकृया दिंदै भने,सरकारले समायोजनपछि  खटाएका कर्मचारीलाई काममा‌ रोक  लगाउनु कर्मचारी समायोजनको भावना विपरित हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।