मंगलबार, भदौ ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी आयोजना

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी आयोजना

 |  मंगलबार, पुस ९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ९, २०८१

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- उद्यमी महिलाले तयार गरेको विभिन्न सीप तथा व्यवसायमूलक उत्पादनका सामग्रीहरूको बिक्रि तथा प्रर्दशनका लागि आयोजना गरिएको विन्टर कार्निभल २०२४ सम्पन्न भएको छ।

बुढानीलकण्ठ नगरपालिका स्थित इटालीटारमा रहेको सुम्दिमा सिल्क प्लालेसको परिसरमा आयोजना गरिएको कार्यक्रम नगरपालिकाकी उपप्रमुख अनिता लामा, चर्चित अभिनेत्री मनीषा कोइरालाले सयुक्त रुपमा शुभारम्भ गरेका थिए।

बुढानिलकण्ठ इटलीटारमा रहको सुम्दिमा सिल्क प्लालेस र वेलकम इभेन्ट म्यानेजमेन्टले आयोजना गरिएको कार्यक्रममा हस्तकलाका सामग्री, बिभिन्न कपडाहरु ,घरेलु उत्पादित विभिन्न खाद्य पदार्थ अन्तराष्ट्रिय ब्राण्डका तयारी पोशाकहरु प्रर्दशनीका साथै बिक्रि  गरिएको थियो। उपप्रमुख लामा र अभिनेत्री कोईरालाले  महिलाहरूको सीप र उद्यमशीलता प्रवर्द्धनका लागि व्यवस्थित र सुन्दर संयोजन सहितको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै उद्यमशीलता प्रवर्द्धनमा सँगसँगै हुने प्रतिबद्धता जनाए।

प्रकाशित: Dec 24, 2024| 15:26 मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्