बुधबार, पुस १०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • दराज १.१ न्यु इयर मेगा सेल: आकर्षक छुटका साथै २ करोड बराबरको भौचर

Siddartha premir insuranceSiddartha premir insurance

दराज १.१ न्यु इयर मेगा सेल: आकर्षक छुटका साथै २ करोड बराबरको भौचर

 |  मंगलबार, पुस ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ९, २०८१

ntc landingntc landing

काठमाडौं- नेपालकै ई–कमर्स प्लेटफर्म दराजले नजिकिँदै गरेको नयाँ वर्षको स्वागतका लागि १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ।

himalayan bank box

१.१ न्यू इयर मेगा सेल पुस १० गतेदेखि २१ गतेसम्म चल्ने जानकारी दिइएको छ। यस मेगा सेल मार्फत नयाँ वर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुट सहितको विशेष फ्ल्याश सेल डिलहरू र २ करोड रूपैयाँ बराबरको भउचरहरू समेत उपलब्ध गराउने बताएको छ।

दराजको १.१ न्यू इयर मेगा सेल मार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडिओ र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा ४ हजारसम्मको छुट प्राप्त गर्न सकिने भउचर उपलब्ध गराउने जनाएको छ।

गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यु इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ।

ग्राहकहरूले सेटाफिल, ऐविबी, ब्रान्ड हाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ।

vianet

मेगा सेल केबल छुटहरूमा मात्र सीमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज् अन्तर्गत ६९९ रूपैयाँ, ९९९ रूपैयाँ र एक हजार ९९९ भित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन्।

दराजले आफ्ना ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ। १.१ सेलको अवधिभर ग्राहकहरूले दराज एपमा कार्ड मार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन्ः

पुस ११ गतेः एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० रूपैयाँसम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशतसम्म छुट (७५० रूपैयाँसम्म) को लाभ उठाउन सक्नेछन्।
पुस १२ गतेः एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १० प्रतिशत छुट (५०० रूपैयाँसम्म) को लाभ उठाउन सक्नेछन्।
पुस १३ गतेः हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० रूपैयाँसम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (५०० रूपैयाँसम्म) को लाभ उठाउन सक्नेछन्।

 

प्रकाशित: Dec 24, 2024| 15:25 मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्