मंगलबार, भदौ ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी: ग्राहकलाई रोमाञ्चक सरप्राइज

अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी: ग्राहकलाई रोमाञ्चक सरप्राइज

 |  मंगलबार, पुस ९, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ९, २०८१

vianetvianet

काठमाडौं- क्रिसमसका अवसरमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सरप्राइजको अनुभव प्रदान गर्दैछ।

Kumaribank

डिसेम्बर २३ देखि २५ सम्म, काठमाडौं उपत्यकाका केही भाटभटेनीहरुमा ग्राहकहरुले सान्टा क्लजलाई भेट्ने, सरप्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्।

'अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी' डिसेम्बर २३ मा सुरु भइसकेको छ। काठमाडौं उपत्यकाभित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ।

डिसेम्बर २५ मा काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख सहरहरूका भाटभटेनी स्थानहरू वीरगञ्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा समेत ग्राहकहरुले यसको अनुभव लिन पाउनेछन्।

यसमा सहभागीहरूले सान्टा क्लजलाई भेट्ने अवसरहरू र विशेष सरप्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन्। नामीसँग टेस्ट ड्राइभ र सरप्राइजको यस रमाइलो उत्सवमा सहभागी बन्न पनि कम्पनीले अनुरोध गरेको छ।

Metro Mart

 

प्रकाशित: Dec 24, 2024| 15:25 मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्