शुक्रबार, पुस ४, २०८२

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच साझेदारी

 |  मंगलबार, पुस ९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ९, २०८१

काठमाडौं- लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (इन्टरनेसनल फाइनान्स कर्पोरेसन-आईएफसी) सँग ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ।

National life

अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुग्ने विश्वास गरिएको छ।

वित्तीय दुरुपयोगले जनजीवनमा विभिन्न अवरोध पुर्‍याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वासलाई पनि घटाउने आईएफसी बंगलादेश, भुटान र नेपालका देशीय प्रबन्धक मार्टिन होल्टमानले बताए।

यस साझेदारी मार्फत वित्तीय दुरुपयोगलाई पहिचान र रोकथाम गर्न वित्तीय संस्थाहरूमा नै मानक लागु गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न आवश्यक देखिएको उनले बताए।

‘एम्पावर फाइनान्स एलायन्स’ मार्फत आईएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्गनिर्देशन दिने जनाइएको छ। यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्‍याउने बैंकको भनाइ छ।

Laxmi sunrise bank
kumari

‘यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरुपयोग जस्तो महत्त्वपूर्ण तर प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्ने तर्फ एक महत्वपूर्ण कदम हो,’ लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले भने।

‘आईएफसीसँगको सहकार्यमा हामी वित्तीय सेवाहरूमा सुरक्षा र समावेशीतालाई पुनःपरिभाषित गर्दै नयाँ मापदण्डहरू स्थापना गर्ने र संवेदनशील समूहहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौं,’ उनले भने।

 

प्रकाशित: Dec 24, 2024| 15:23 मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्