शुक्रबार, पुस ४, २०८२

द वन्डरल्यान्ड गेम जोनमा ‘विन्टर कार्निवल’ हुँदै

 |  मंगलबार, पुस ९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ९, २०८१

ललितपुर- ललितपुरको बुङ्गमतीमा रहेको द वन्डरल्यान्ड गेम जोनले नयाँ वर्ष २०२५ लक्षित गरी ‘वन्डरल्याण्ड विन्टर कार्निवल’ सुरु गर्ने भएको छ।

National life

डिसेम्बर २४ देखि जनवरी १ सम्म हुने विन्टर कार्निवलमा प्रवेशका लागि निशुल्क टिकटको व्यवस्था गरिएको वन्डरल्याण्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

बिहान ११ बजे देखि साँझ ६ बजेसम्म हुने कार्निवलमा मस्कट परेड, सान्टा क्लज, बिंगो सत्र, जादुई शो, लक्की ड्र, विभिन्न खेल प्रतियोगिताहरू, संगीत प्रदर्शनहरू तथा बलिउड नृत्य, डिस्को नाइट जस्ता रोमाञ्चक गतिविधिहरू हुने वन्डरल्याण्डका बजार प्रमुख शिखर बस्नेतले जानकारी दिए। कार्निवलमा विभिन्न खानाका परिकारका साथै खान खाने प्रतियोगिताहरुसमेत गरिने बस्नेतले जानकारी दिए।

कानिर्ववल आयोजना गर्नुको उद्देश्यबारे वन्डरल्याण्डका संचालक भव्य तुल्सनले अहिलेको तनावपूर्ण अवस्थामा मानिसहरुलाई खेलका माध्यमबाट मनोरञ्जन प्रदान गर्नु रहेको बताए।

एक वर्ष अवधिमा वन्डरल्याण्ड एक उत्कृष्ट मनोरञ्जनस्थलका रूपमा पहिचान बनाउन सफल भएको छ। कार्निभलले एक वर्षमा प्राप्त गरेको सफलताको उत्सव मनाउँदै भविष्यमा पनि वन्डरल्याण्डमा उत्सव र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

Laxmi sunrise bank
kumari

नेपालको एक छुट्टै विशेषतायुक्त फनपार्क वन्डरल्याण्डमा सबै उमेर समूहले मनोरञ्जन लिन सक्ने बताइएको छ। थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभव लिन सकिने कम्पनीले जनाएको छ। जहाँ पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधि उपलब्ध छन्। गो–कार्टिङ, भर्चुअल रियालिटी, मोटर चालित जिपलाइन, प्रक्षेपण बलिङ्, ट्राम्पोलिन, बाहिरी सवारी, आर्केड गेम्सजस्ता सुरक्षित र रोमाञ्चक गतिविधिले परिवारलाई अविस्मरणीय यादहरू सिर्जना गर्न सहयोग पुर्याएका छन्।

मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ। चाहे निजी कार्यक्रमको आयोजना गर्न चाहना होस् वा रोमाञ्चक साहसिक दिन बिताउने योजना बनाउन, वन्डरल्यान्डले हरेक पललाई उत्सवमा बदलिदिएको छ।

गो कार्टिङ, भर्चुलअ रियालिटी, मोटोराइज्ड जीपलाइन, प्रोजेक्सन ब्लोलिङ, ट्राम्पोलाइन, आउटडोर राइड्स र आर्केड गेम जस्ता जस्ता सुरक्षित र रोमाञ्चक गतिविधि गर्न वन्डरल्यान्ड एक उचित गन्वब्य स्थलको रुपमा स्थापित हुँदै गइरहेको छ।

 

प्रकाशित: Dec 24, 2024| 15:22 मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्