सोमबार, वैशाख ८, २०८२

रवि लामिछानेको सांसद पद निलम्बन

 |  सोमबार, पुस ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ८, २०८१

vianetvianet

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पद निलम्बन भएको छ।

triton college

संघीय संसद् सचिवालयले सोमबार सूचना जारी गरेर लामिछानेको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो।

लामिछानेविरुद्ध विरुद्ध कास्की जिल्ला अदालतमा आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र दर्ता भएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान तथा कारबाही शाखाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा रहेको व्यवस्था अनुसार कामकारबाही गर्न सभामुखलाई पत्र लेखेको थियो। 

लामिछाने चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए। रास्वपाले सोमबार नै पार्टीको कार्यवाहक सभापति डीपी अर्याललाई दिने निर्णय गरेको छ।

प्रकाशित: Dec 23, 2024| 19:03 सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्