बुधबार, साउन १३, २०८३

 कंगोमा एक महिनामा १६ हजार विस्थापित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जेनेभा- लोकतान्त्रिक गणतन्त्र कंगोमा भएको हिंसाका कारण गत महिनामा मात्रै १६ हजार भन्दा बढी विस्थापित भएका छन्। 

देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको साम्प्रदायीक झडपमा परी उनीहरु विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले शुक्रबार जनाएका छन्। 

माइ एनडोम्बे प्रदेश अन्तर्गत पर्ने युम्बीमा कङ्गो—ब्राज्जाभिल्लेका नाममा हिंसात्मक गतिविधिहरु भइरहेको छ। राष्ट्रसंघको शरणार्थीसम्वन्धी उच्च आयुक्तको कार्यालयका प्रवक्ता अन्द्रेज माहेसिसले युम्बीमा दुई समूदायबीच भएको द्वन्द्व लामो समयदेखि तनाबको विषय बनेको जानकारी दिए। 

पुराना झगडालु बानुनुस र बातेन्डे समूदाय बीचको विवादले अहिले फेरी साम्प्रदायिक झडपको अवस्था सृजना गराएको माहेसिसले बताए। यी झडपमहरुमा परी दर्जनौ मारिएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।