सोमबार, असार २३, २०८२

नेप्से परिसूचक २८.९१ अंकले बढ्यो, कारोबार रकम घट्यो

 |  सोमबार, पुस ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ८, २०८१

vianetvianet

काठमाडौं- आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको सुधार भएको छ। हिजो १३.५३ अंकले घटेको नेप्से आज २८.९१ अंकले बढेर २ हजार ६ सय १२ दशमलब २० विन्दुमा बन्द भएको हो।

आज परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। हिजो ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४२ को घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपरमादी हाइड्रोपावर रहेका छन्। तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ। जानकी फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित: Dec 23, 2024| 15:29 सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्