बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वाइडबडी प्रकरण : सत्तारुढ सांसदले मन्त्रीको बचाउ गर्दा लेखाले निर्णय लिन सकेन 

वाइडबडी प्रकरण : सत्तारुढ सांसदले मन्त्रीको बचाउ गर्दा लेखाले निर्णय लिन सकेन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट शनिबार प्रकाशित पत्रपत्रिकामा विभिन्‍न विषयलाई प्राथमिकता दिएर समाचारहरु छापेको छ। नेपाल समयको बिहानी अपडेटमा अखबारले छापेका मुख्य समाचारहरु र रातभरी भएगरेका घटना तथा गतिविधिहरुलाई यहाँ प्रस्तुत गर्ने गर्छौं।

आजको प्राय सबै पत्रपत्रिकाले वाइड बडी जहाज प्रकरणमा लेखाले तयार पारेको प्रतिवेदनका विषयमा समाचार छापेका छन्। वाइड बडीमा सांसद विभाजित शिर्षकमा शनिबारको अन्नपूर्ण पोस्ट, कान्तिपुर दैनिक, नागरिकलगातले मुख्य समाचार बनाएका छन्।

सांसदहरूबीच मतभेद भएपछि सार्वजनिक लेखा समितिले शुक्रबार वाइडबडी खरिद अनियमितता छानबिन उपसमितिले दिएको प्रतिवेदनमाथि कुनै निर्णय लिन सकेन। अधिकांश सत्तारूढ सांसदले प्रतिवेदनमाथि आपत्ति जनाउँदा उपसमिति सदस्य र विपक्षी सांसदले हुबहु पारित हुनुपर्नेमा जोड दिए।

सत्तारूढतर्फ पनि प्रधानमन्त्री केपी ओलीनिकट सांसदहरूले पर्यटनमन्त्री रवीन्द्र अधिकारीमाथि ‘बदनियतपूर्वक’ आरोप लगाइएको बताए। पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जितेन्द्र देवलाई नैतिक प्रश्नमात्रै उठाइएको तर अधिकारीको हकमा कठोरता देखाइएको भनी टिप्पणी गरे।

उनीहरूको अर्को आपत्ति तत्कालीन पर्यटन सचिव प्रेम राईलाई मुछिएकोमा थियो। एउटा उपसमिति गठन गरेकै कारण राईलाई सुगतरत्न कंसाकारसरह दोषी ठहर गरिएको भन्दै सांसदहरूले आपत्ति जनाए। राई अहिले गृहसचिव छन्।

सांसद विशाल भट्टराईले कतिपय सार्वजनिक पदाधिकारीलाई प्रतिवेदनमा एउटै रूपमा हेरिएको टिप्पणी गरे । उनले तीन पूर्वमन्त्रीहरूमाथि फरक रूपमा प्रतिवेदन आएको भन्दै आपत्ति जनाए।

उपसमितिले कामभन्दा बढी हल्ला गर्दा प्रतिवेदन तयार हुनुअघि नै सञ्चारमाध्यमले सबै विवरण थाहा पाएको भट्टराईले बताए। ‘प्रधानमन्त्री स्वयंले जाँचबुझ आयोग गठन गर्नुभएको छ, त्यसलाई पनि हेर्नुपर्छ,’ उनले भने, ‘दोहोरो मापदण्ड हुनुभएन । बिचौलिया खडा गर्नेलाई नैतिक जिम्मेवार भन्ने अनि विमान आइसकेपछि भुक्तानी गर्नेलाई कानुनी कारबाही?’

बमजनको आश्रममा छापा

आजको अन्नपूर्ण पोस्टमै बमजनको आश्रममा प्रहरीको छापा शीर्षकमा समाचार छापेको छ। तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित एउटा आश्रममा प्रहरीको टोलीले छापा मारेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको आश्रममा शुक्रबार बिहानदेखि खोजतलास थालेको हो । 

बमजनका चेलाहरु बस्दै आएको जिल्लाको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको बमजनको आश्रममा फरेन्सिक विज्ञसहितको प्रहरीको टोलीले छापा मारेर खोजतलास थालेको हो । बमजनका एकजना अनुयायीको हत्यापछि गाडिएको स्थानको खोजीमा प्रहरी अहिले जुटेको छ । 

बमजनको आश्रममा केन्द्रीय अनुसन्धान ब्यूरोको विज्ञ टोली, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी मुकुन्द मरासिनी र इलाका प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टरसहितको टोलीले खोजतलास गरिरहेको हो । 

विज्ञापनमा कस्दै सरकार 

आजको नागरिक दैनिकमले विज्ञापनमा कस्दै सरकार शीर्षकमा समाचार छापेको छ। सूचना सम्प्रेषण र निजी सञ्‍चारमाध्यमप्रति कठोर देखिएको सरकार विज्ञापन नियमनसम्बन्धी विधेयक संसद्‍मा लैजाने तयारीमा छ।

सरकारले विज्ञापन बोर्डको सिफारिसमा मात्रै विज्ञापन उत्पादन, प्रसारण र वितरण गर्नुपर्ने कानुनको मस्यौदा तयार गरेको छ। सूचना तथा सञ्‍चार मन्त्रालयबाट संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरिएको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा रेडियो टेलिभिजन, छापा, अनलाइन लगायत सञ्‍चारमाध्यमले विज्ञापन गर्दा विज्ञापन बोर्डको मापदन्ड विपरित भए कारबाही हुने प्रावधान राखिएको छ। विधेयकमा केन्द्र, प्रदेश र स्थानीय तहमा छुट्टाछुट्टै नियम बनाउने प्रावधान राखिएको छ। 

आदेशलगत्तै सुमार्गीले निकाले साढे २ अर्ब 

आजकै नागरिक दैनिकले व्यवासयी अजयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्ब रकम निकालेका छन्। सुर्माीको खातामा विदेशबाट जम्मा भएको साढे दुर्ई अर्ब रकम सर्वोच्च अदालतले रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन्। 

यी नेताबाट पनि सिक्न सकिन्छ 

आजको नयाँ पत्रिका दैनिकले यी नेताबाट पनि सिक्न सक्छ शीर्षकमा समाचार छापेको छ। विश्वका केही शक्तिशाली र सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सोचेभन्दा सामान्य छ। कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कूलमा समेत पढाउँछन्। उनीहरुलाई साइरन बजाउँदै सडकमा भिआइपीको दम्भ देखाउनु बेतुक लाग्छ। राज्यको व्ययभार कम गर्न तलब कटौती गर्ने पनि छन्। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त आफ्नो आलिसान सरकारी निवास क्याम्पस सञ्‍चालन गर्न दिएका छन्। यस्ता विश्व नेताका सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन्। 

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रयुडो शरणार्थीका प्रिय नेता हुन्। उनी आफू हिड्ने बाटो सर्वसाधारणलाई साइरन बजाउँदै दुख दिदैनन्। नेदरल्यान्डसका प्रधानमन्त्री मार्क रुटी राजनीति अघि व्यवसाय गर्थे। उनी साताको एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्ले तलब सुविधा राज्यलाई दिन घोषणा गरेका थिए। यस्ता थुप्रै विश्वका नेताहरुबाट सिक्न सकिन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।