बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे ३३ केजी सुन प्रकरण : राजकुमार दारुकासहित दुई जना धरौटीमा रिहा

साढे ३३ केजी सुन प्रकरण : राजकुमार दारुकासहित दुई जना धरौटीमा रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विराटनगर- साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका राजकुमार दारुकासहित दुर्ई पनि धरौटीमा छुटेका छन्। 

जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका व्यवसायी राजकुमार दारुका र माधव भन्ने मदनप्रसाद घिमिरे शुक्रबार रिहा भएका हुन्। उच्च अदालत विराटनगरले १०-१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासबाट धरौटीमा छाड्ने आदेश भएको रजिष्टार नारायण रेग्मीले जानकारी दिए। 
गत फागुन १८ गते सुन तस्करी समुहका नाइके चुणामणी उप्रेती गोरे सहितको समुहको यातनाका कारण मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो ।

हत्या अनुसन्धानका क्रममा गृह मन्त्रालयले गठन गरेको छानविन समितिले दुई वटा पुरक अभियोग सहित ७५ जना विरुद्ध ‘अपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर गरेको थियो।

जिल्ला अदालतको आदेश पछि थुनामा रहेका नेपाल प्रहरीका पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकाशराज खनाल, डिएपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल सहित व्यवसायी विमल पौद्दार उच्च अदालतको आदेश पछि छुटिसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।