नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा भएको संसदीय छानबिनलाई प्रभावित गर्ने चलखेल सुरु भएको छ। संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत गठित उपसमितिले साढे चार अर्ब घोटला भएको निश्कर्षसहित प्रस्तुत गरेको प्रतिवेदन शुक्रबार पनि पारित भएन।
वाइड बडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई कालो मोसो दलिएको छ। जहाज खरिद प्रकरणमा चरम अनियमितता गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी निकट) युवा संगठनले कार्यालयमै पुगी शुक्रबार कालो मोसो दलेका हुन्।
कार्यकक्षमा बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे।
साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका राजकुमार दारुकासहित दुर्ई पनि धरौटीमा छुटेका छन्। जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका व्यवसायी राजकुमार दारुका र माधव भन्ने मदनप्रसाद घिमिरे शुक्रबार रिहा भएका हुन्। उच्च अदालत विराटनगरले १०-१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो।
अदालतमा विराचाराधीन ज्यान मुद्दाका अभियुक्त रेशम चौधरीलाई सांसदको पद तथा गोपनीयताको शपथ गराउनु कानुनी राज्यको उपहास भएको टिप्पणी कानुनविद्हरूले गरेका छन्।
हिउँद सुरु भएसँगै सुरु हुन्छ पिकनिक सिजन । प्रदेश १ को पिकनिक सिजनमा पूर्वी तराई क्षेत्रका पिकनिक स्पटहरू धेरै लोकप्रिय छन् । राजमार्गले छुने र समथर भूभागका पिकनिक स्पटहरू भएकाले तराईका पिकनिक स्पटहर धेरै चल्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामा निजीकरणको अन्त्य नहुने बताएका छन्। लगानी सम्मेलनको उद्घाटन र नागरिक अभिनन्दनका लागि शुक्रबार इलाम पुगेका प्रधानमन्त्री ओलीले नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै निजीकरणकाे अन्त्य नहुने बताएका हुन्।
सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा स्थानीय तहको वर्गीकरण गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराए।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ। बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसंघले काठमाडौं उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो।
प्रहरीले धादिङको गजुरीबाट चार किलो अबैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ। चीनको केरुङ हुँदै रसुवागढीबाट छिराएर धादिङ पुर्याएको अवस्थामा प्रहरीले सुनसहित तीनजनालाई पक्राउ गरेको हो।
झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताए।
शताब्दी पुरूष डा सत्यमोहन जोशीले शनिबार ललितपुरस्थित शताब्दी घरमा डा. कञ्चनजङ्घा प्रसाई तथा विदुषी प्रसाईद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण गरेका छन्।
नेपाल सांस्कृतिक रुपमा धनी छ। भाषिक रुपमा पनि नेपाल धनी देश हो। भौगोलिक रुपमा सानै भए पनि नेपालमा विभिन्न जात जाति, भाषाभाषी र धर्म संस्कृतिका मानिसको बसोबास छ। नेपाली राष्ट्र भाषा हो।
दुई वर्षअघिसम्म सन्दीप लामिछानेलाई चिन्ने विरलै थिए। तर, सन् २०१६ मा बङ्गलादेशमा भएको यु-१९ विश्वकपमा ह्याट्रिक लिएपछि सन्दीप विश्व क्रिकेटमा एकाएक चर्चित बने । यु-१९ क्रिकेटमा ह्याट्रिक लिने उनी विश्वका पाँचौ खेलाडी हुन्।
जर्मन चान्सलर एन्जेला मर्केलसहित जर्मनीका सयौँ राजनीतिज्ञहरुलाई प्रभावित पार्ने गरी व्यापक विवरणहरु सार्वजनिक भएका छन्। ती विवरणहरु गोप्य तरिकाले प्राप्त गरेर अनलाईन मार्फत चुहावट भएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...