NadaNada
आइतबार, भदौ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एनपिएल विजेता जनकपुरका खेलाडीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिए बधाई

एनपिएल विजेता जनकपुरका खेलाडीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिए बधाई

 |  आइतबार, पुस ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ७, २०८१

vianetvianet

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई सम्मान गरेका छन्।

आइतबार जनकपुर बोल्ट्सका खेलाडी र व्यवस्थापकहरूलाई आफ्नो निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन्। उनले जनकपुरका खेलाडीहरूको प्रशंसा पनि गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले  विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान नेपाली पनि हुन सक्छ भन्ने देखाउनेगरी आत्मबल, सीप र उत्साह कायम राख्न खेलाडीहरुलाई आग्रह गरे। साथै एनपिएलमा जनकपुरको असाधारण क्षमता देखिएको पनि प्रधानमन्त्री ओलीले बताए।

विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झञ्झटिलो प्रक्रिया भएको क्रिकेट संघ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए।

भेटमा संघका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका ठूला खेलाडीलाई श्रम स्वीकृतिमा झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गरेका थिए।

Metro Mart

जनकपुर बोल्ट्सका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिए।

प्रकाशित: Dec 22, 2024| 12:03 आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्