काठमाडौं- नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायकरथी यामप्रसाद ढकाललाई दिएको छ।
पूर्वी पृतनामा चिफ अफ स्टाफको जिम्मेवारीमा रहनुभएका ढकाललाई जङ्गी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुखसहित प्रवक्ताको जिम्मेवारी तोकेको हो।
उनले आगामी सातादेखि जिम्मेवारी सम्हाल्नु हुनेछ । हालका प्रवक्ता एवं सहायकरथी गोकुल भण्डारीको सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा काज सरुवा भएको छ।
उहाँले नयाँ प्रवक्तालाई आगामी साता जिम्मेवारीको बुझ बुझारत गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयबाट थाहा भएको छ। सैनिक प्रतिष्ठान खरिपाटीका प्रमुख एवं सहायकरथी सीताराम खड्काको मध्यपश्चिम पृतनामा सरुवा भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४