बुधबार, जेठ २०, २०८३

वीरगञ्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार

 |  शुक्रबार, पुस ५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ५, २०८१

पर्सा- माइती नेपाल शाखा कार्यालय वीरगञ्जले सन् २०२४ वीरगञ्ज नाका हुँदै भारततर्फ जान लागेका एक सय ३२ जना बालबालिका तथा महिलाको उद्धार गरेको छ।

National life

विभिन्न बहाना बनाएर भारत लैजान लागेका उनीहरूलाई नेपाल–भारत सीमावर्ती क्षेत्र शङ्कराचार्य गेटबाट उद्धार गरिएको  कार्यालयले जनाएको छ। माइती नेपाल शाखा कार्यालय वीरगञ्जका सुपरभाइजर गोमा पौडेलले एक वर्षको अवधिमा भारत लैजान लागिएका एक सय ३२ बालबालिका तथा महिलालाई उद्धार गरिएको जानकारी दिइन्।

उनले माइती नेपालले नेपाल-भारतको सीमावर्ती क्षेत्र नजिक पर्ने शङ्कराचार्य गेटमा कर्मचारी खटाएर भारत लैजान लागेका बालबालिका तथा महिलाको विषयमा नियमित रुपमा निरीक्षण गर्दै आइरहेको बताइन्। सो क्रममा शंकास्पद गतिविधि देखिएकालाई उद्धार गरेर आवश्यक परामर्श दिँदै आइएको उनको भनाइ छ।

माइती नेपालले भारतको पटनास्थित ‘उई विनर’ नेटवर्किङमा काम गर्न जान लागेका ३५ जनालाई सीमा क्षेत्रबाटै उद्धार गरेको छ। सानै उमेरमा प्रेममा परेर भारतीय प्रेमीलाई भेट्ने निहुँमा हिँडेका २९ जना किशोरीलाई उद्धार गरेको छ।

कार्यालयले विहारका विभिन्न जिल्ला घुम्न जाने बहाना गर्ने २७ जना, काम गर्न जान लागेको बहाना देखाउने १७ जना र समान किन्न जान लागेको बहाना देखाउने १४ जनालाई उद्धार गरेर फिर्ता ल्याएको छ। उद्धार गरिएकामध्ये १८ वर्षसम्मका उमेर समूहका ५४ जना र १९ वर्षमाथिका उमेर समूहका ७८ जना रहेका छन्।

Shivam cement

कार्यालयले सन् २०२३ मा भने सीमा क्षेत्रबाट एक सय ९२ जना बालबालिका तथा महिलाको उद्धार गरेको थियो। माइती नेपालका वीरगञ्ज कार्यालयका सुपरभाइजर पौडेलले भारतमा जनचेतनाका कारण मानवबेचविखनका लागि लैजाने प्रवृत्तिमा भने केही कमी आएको बताइन्।

माइती नेपालले एक वर्षमा सीमा क्षेत्रमा २१ हजार तीन सय ७२ स्थानीय सवारीसाधनमा जाँच गरेको थियो। जाँचका क्रममा २५ हजार छ सय १५ जनालाई सीमा क्षेत्रमा मानवबेचविखनसम्बन्धी परामर्श गरेको थियो। कार्यालयले सन् २०२३ मा भारतका विभिन्न राज्यबाट १८ जना बालबालिका तथा महिलाको उद्धार गरेको जनाएको छ।

प्रकाशित: Dec 20, 2024| 09:31 शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्