काठमाडौं- आज देशका अधिकांश स्थानमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको जनाएको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सफा रहने विभागको भनाइ छ। विभागले राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ।