काठमाडौं- वाइड बडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई कालो मोसो दलिएको छ।
जहाज खरिद प्रकरणमा चरम अनियमितता गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी निकट) युवा संगठनले कार्यालयमै पुगी शुक्रबार कालो मोसो दलेका हुन्।
वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानबिन गर्न सरकारले बिहीबार उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेर भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजेको आरोप सांसदहरूले लगाएका थिए।
नेपाल वायु सेवा निगको वाइड बडी घोटाला प्रकरणमा भएको अनियमितताबारे संसद्को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा सांसदहरूले विगतमा पनि यस्ता आयोगले भ्रष्टाचारीलाई उन्मुक्ति दिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४