बिहीबार, पुस ३, २०८२

मनाङ मर्स्याङ्दी आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन

 |  बिहीबार, पुस ४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ४, २०८१

मनाङ- निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ। प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको समन्वय र प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा आयोजित भेलाले प्रदेशसभा सदस्य मुनिन्द्रजंग गुरुङको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरेको हो।

National life

भेलामा बोल्दै सांसद गुरुङले भने, 'मनाङ प्राकृतिक सम्पदाको भण्डार हो, यहॉ जलविद्युत् बाहेक शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको पनि प्रचुर सम्भावना छ, जलविद्युत् आयोजनाले यसमा सहयोग पुग्नेछ।' एक सय ३५ मेगावाटको आयोजना निर्माण बिना अवरोध सम्पन्न गर्नु जिल्लावासीको कर्तव्य भएको उनले बताए।

यस आयोजनाले मनाङवासीका लागि कोभिड-१९ को बेला र बाढीपहिरोको समयमा सहयोग गरेको र हालै मात्र बेँसीसहर-चामे सडकको स्तारोन्नति गरिरहेको जनाएको छ। आयोजना निर्माणसँगै निर्माण पक्षले लमजुङको खुदीदेखि कोतोसम्म ५० किलोमिटर सडक स्तरोन्नति र साँघुरो स्थानहरुमा विस्तार सुरु गरेको छ।

सहजीकरण समितिमा नासोँ र चामे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रभावित वडाका वडाध्यक्ष, मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीका पाँच प्रतिनिधि, जिल्ला समन्वय समितिका महिला सदस्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सदस्य छन्। रासस

प्रकाशित: Dec 19, 2024| 18:01 बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्