बुधबार, जेठ २०, २०८३

क्यान्सरसँग जुधिरहेका विवेक पंगेनीको निधन

 |  बिहीबार, पुस ४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ४, २०८१

क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनी अमेरिकामा अस्ताएका छन्। अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो।

National life

विवेकलाई ब्रेन क्यान्सर भएको थियो। चौथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुवेदीले निकै संघर्ष गरेकी थिइन्। सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो।


निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो। विवेक २०७९ सालमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा अमेरिका गएका थिए। अमेरिका पुगेको ५ महिनापछि नै पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि उनी नेपाल आएका थिए। आमाको काजक्रिया सकेर अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको आफ्नै स्वास्थ्यमा समस्या देखिएको थियो।

सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटरबाटै सार्वजनिक गरेकी थिइन्। त्यसपछि उनीहरुका लाखौं शुभचिन्तकले प्रार्थनामात्र होइन, आर्थिक सहयोग पनि गरेका थिए। गो फन्डमार्फत अहिलेसम्म १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको थियो।

विवेक बिरामी हुनुभन्दा अगाडि नै टिकटकबाट यो जोडी चर्चामा आएको थियो। उनीहरुका थुप्रै भिडिओ टिकटकमा भाइरल भएका थिए।

Shivam cement

विवेक अमेरिकामा मृत्युसँग संघर्ष गरिरहँदा नेपालमा उनका भाइको दुर्घटनामा निधन भएको थियो।

 

प्रकाशित: Dec 19, 2024| 13:59 बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्