बुधबार, साउन १३, २०८३

शिक्षामा निजीकरण अन्त्य हुदैन : प्रधानमन्त्री ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इलाम – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामा निजीकरणको अन्त्य नहुने बताएका छन्। लगानी सम्मेलनको उद्घाटन र नागरिक अभिनन्दनका लागि शुक्रबार इलाम पुगेका प्रधानमन्त्री ओलीले नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै निजीकरणकाे अन्त्य नहुने बताएका हुन्। 

सरकारले आगामी ७ बर्ष भित्र सबै निजि स्कुल सरकारीकरण हुने चर्चा चलेको बेला प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन। ‘सरकारले सबै स्कुल निजीकरण गर्छ भन्नु अगाडि सरकारसँग कति पैसा छ, त्यो नि हेर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने। गैरराजनीतिक भाषण गरेका प्रधानमन्त्री ओलीले नेपालका सबैभन्दा साक्षर, सिक्षित र प्रतिव्यक्ति आय राम्रो भएका जिल्ला मध्ये इलाम पनि एक रहेको बताए। 

इलाममा लगानिको राम्रो बातावरवण रहेको बताउँदै प्रधानमन्त्री ओलीले लगानिकर्तालाई लगानिका लागि आग्रह गरे। ‘इलाम आफैमा सिगारिएको छ, यसलाई झन सिगार्नुस’, उनले भने, ‘इलाममा फाइब स्टार होटल खोल्नुस, चल्छ।’ प्रदेश १ मा सगरमाथादेखि केचनासम्मको भूगोल भएको भन्दै प्रधानमन्त्रीले प्रदेश समृद्धिको लागि सबैखाले क्षेत्र भएको बताए। 

इलामका अदुवा र अमलिसो उत्पादनलाई भारत र बङलादेशसम्म लान आफुले ति देशका प्रधानमन्त्रीसँग कुरा गरेको प्रधानमन्त्री ओलीले बताए। नेकपा संसदीय दलका उपनेता सुबास नेम्बाङ, संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, उधोगी चानदी ढकाल, चन्द्र ढकाल, सेखर गोल्छा, किसोर प्रधान लगायतले इलाम लगानीको लागी राम्रो गन्तव्य भएको बताएका थिए। 

इलामको टुडिखेलमा हुने भनिएको प्रधानमन्त्रीको नागरिक अभिनन्दन प्रमुख प्रतिपक्षिदल नेपाली काङ्ग्रेसको बिरोध पछि सिटीहलमा कडा सुरक्षा घेरामा भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।