काठमाडौं महानगरपालिका-३२ जडिबुटी कामख्या पेट्रोल पम्प नजिक सडकमा बा.५ ख ३७६४ नम्बरको बसले बा.६७ प ५८६४ नम्बरको स्कुटरलाई बुधबार साँझ ठक्कर दिँदा टरमा सवार रामेछाप गोकुलगंगा गाउँपालिका-७ घर भई ललितपुर बस्ने ४२ वर्षीया गायत्री कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । बस तथा स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ बालकुमारी पुल नजिक सडकमा बा.प्र.०२- ०२१ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका ५५ वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-३ कीर्तिपुरस्थित सडकमा लु.४२ प ६५४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक ताप्लेजुङ घर भई रूपन्देही बुटवल उपमहानगरपालिका-६ इट्टाभट्टा लाईन बस्ने ३० वर्षीय सुवास राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ कुदानस्थित सडकमा यूपी ५५ जे ६४१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-५ दलदलहवा बस्ने ५५ वर्षीय गोपाल बहादुर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, दुहबी नगरपालिका-८ जुटमिलस्थित डकमा बागमती प्रदेश ०१-०२७ च ०४८२ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय गणेश गुप्ताको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, मेचीनगर नगरपालिका-८ मकरे चोकस्थित सडकमा मे.७ प १२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ बर्मेली टोल बस्ने ३४ वर्षीय दिवश प्रधानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रौतहट,राजपुर नगरपालिका-३ मुंताज चोकस्थित सडकमा फतुवा पुलबाट पोखरीया टोलतर्फ जाँदै गरेको बीआर ३० के ७३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ बस्ने २२ वर्षीय अजगर अलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको छ ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ कारे घोप्डेस्थित सडकमा बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको बा.प्र-०२-२५ प ९०१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका-३ बस्ने ३३ वर्षीय अम्बर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।