शुक्रबार, साउन २९, २०८३

मकवानपुरकी छिरिङ चितवनको चर्चमा मृत फेला

 |  बिहीबार, पुस ४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ४, २०८१

मकवानपुरकी एक जना महिला चितवनको चर्चमा मृत भेटिएकी छिन्। चितवनको राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीमा रहेको चर्चमा बस्दै आएकी महिला मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

मृतक महिला मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० की ४४ वर्षीया छिरिङ स्याङ्तान हुन्। ओछ्यानमा बेहोस अवस्थामा छोराछोरीले देखेपछि उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। मृत्युको कारण अहिलेसम्म खुलेको छैन।

 

प्रकाशित: Dec 19, 2024| 11:56 बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्