बिहीबार, पुस ३, २०८२

सतुंगलमा भेटियो किशोरीको शव, एक युवक पक्राउ

 |  बिहीबार, पुस ४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ४, २०८१

काठमाडौंको सतुंगलमा एक किशोरीको हत्या भएको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटको एक घरमा किशोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

National life

धादिङ गजुरी गाउँपालिका वडा नम्बर ४ घर भई खरिबोटस्थित एक घरको भुइँ तलामा डेरा गरी बसेकी १७ वर्षीया सरिता तामाङको शव बुधबार दिउँसो एक बजे फेला परेको हो। उनको हत्या आरोपमा प्रहरीले गजुरी गाउँपालिका वडा नम्बर ३ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १४ खड्का गाउँ बस्ने २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको छ।

सरिता नैकापको विष्णुदेवी शिक्षा सदन माविमा कक्षा १० मा पढ्थिन्। उनी मंसिर २९ गते मध्य रातिदेखि हराइरहेकी थिइन्। उनी बस्ने कोठामा बाहिरबाट ताला लगाइएको थियो। आफ्नी बहिनी हराएको भन्दै सरिताका दाइ नवीन रूम्बा तामाङले गत सोमबार प्रहरी वृत्त थानकोटमा निवेदन दिएका थिए।

निवेदन परेपछि प्रहरी परिसर र मातहत कार्यालयहरूले खोजी गरिरहेका थिए। खोजी गर्ने क्रममा बुधबार अपराह्न ३ बजेतिर प्रहरी डेरामा पुगेको थियो। बाहिरबाट ताला लगाएको कोठामा गन्ध आएको थाहा पाएपछि खोलेर हेर्दा खाटमुनि शव भेटिएको थियो।

आरोपित युवकले सामान्य विवादमा सरिताले गाली गरेर हातपात गरेको र त्यसक्रममा आफूले कुटपिट गरेको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन्। पक्राउ परेका विश्वास मृतकका नातेदार पर्छन्। प्रहरी वृत्त थानकोट र काठमाडौं परिसरले घटनाको थप अनुसन्धान गरिरहेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 19, 2024| 11:53 बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्