आइतबार, असार २९, २०८२

सिस्नेरी-दक्षिणकाली सडक ११ पुससम्म बन्द

 |  बुधबार, पुस ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३, २०८१

vianetvianet

बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी-दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक अन्तर्गत दक्षिणकाली-छैमलेमा कालोपत्र गर्न लागिएकोले सवारी सञ्चालनमा रोक लगाइएको हो।

यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित: Dec 18, 2024| 10:23 बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्