आइतबार, पुस ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सारमा राजस्व संकलनमा कमी

सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सारमा राजस्व संकलनमा कमी

 |  बुधबार, पुस ३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३, २०८१

पर्सा- वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको हो।

National life

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व सङ्कलनमा कमी आएको जानकारी दिए। कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व सङ्कलन पनि प्रभावित भएको छ।

चालु आवको साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड र कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व सङ्कलन भएको कार्यालय जनाएको छ।

यस्तै, मङ्सिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् रु तीन अर्ब २२ करोड ८४ लाख २९ हजार राजस्व सङ्कलन भएको छ। कार्यालयले गत आवको पाँच महिनामा रु २१ अर्ब चार करोड १६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको थियो।

प्रकाशित: Dec 18, 2024| 09:20 बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्