बुधबार, पुस ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कर्णालीमा धान उत्पादन बढ्यो

 |  बुधबार, पुस ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३, २०८१

ntc landingntc landing

सुर्खेत- कर्णालीमा धान उत्पादन बढेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आवको तुलनामा चालु आवमा पाँच हजार २२१ मेट्रिक टन धान बढी उत्पादन भएको हो। 

himalayan bank box

मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार गत आर्थिक वर्षमा एक लाख २४ हजार नौ सय ६९ मेट्रिक टन धान उत्पादन भएकामा चालु आवमा एक लाख ३० हजार सात सय ९० मेट्रिक टन धान उत्पादन भएको छ। 

उनका अनुसार सबैभन्दा कम डोल्पामा धान उत्पादन भएको छ। डोल्पामा ३५० मेट्रिक टन उत्पादन भएको छ। डोल्पामा १९९ हेक्टर जमिन खेतीयोग्य छ। साथै मुगुमा ८८५ हेक्टरमा धानखेती गरिएकामा ९७५ मेट्रिक टन उत्पादन भएको छ। 

हुम्लामा ५५० हेक्टरमा एक हजार ३६ मेट्रिक टन धान उत्पादन भएको छ। मार्सी धानको उत्पादन हुने जुम्लामा यस वर्ष अघिल्लो वर्षकै हाराहारीमा धान उत्पादन भएको छ। जुम्लामा दुई हजार ९३० हेक्टरमा धानखेती गरिएकामा छ हजार ३९५ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको भनाइ छ। 

कालिकोटमा अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढेको छ। कालिकोटमा गत आवजमा दुई हजार ४१५ हेक्टरमा धानखेती भएकामा चालु आवमा दुई हजार ४२५ हेक्टरमा धानखेती गरिएको थियो। उत्पादनका दृष्टिले समेत अघिल्लो आवको तुलनामा २१८ मेट्रिकटन बढी अर्थात्  पाँच हजार पाँच सय मेट्रिक टन उत्पादन भएको छ। 

vianet

रुकुम पश्चिममा दुई हजार ६४ हेक्टर जमिनमा धानखेती गरिएकामा पाँच हजार ४८५ मेट्रिक टन धान उत्पादन भएको छ। सल्यानमा ६ हजार ७६० हेक्टरमा धानखेती गरिएकामा २३ हजार ६३० मेट्रिक टन धान उत्पादन भएको छ। 

जाजरकोटमा आठ हजार ७८५ मेट्रिक टन धान जाजरकोटमा उत्पादन भएको छ। जाजरकोटमा दुई हजार ५६० हेक्टरमा धानबाली लगाएको थियो। त्यस्तै दैलेखमा २५ हजार १२० मेट्रिक टन धान उत्पादन भएको छ। जुन अघिल्लो आबको तुलनामा एक हजार ६२० मेट्रिक टन बढी हो। सुर्खेतमा ५२ हजार ९०४ मेट्रिक टन धान उत्पादन भएको छ। जुन अघिल्लो आवको तुलनामा पाँच हजार ९०९ मेट्रिक टन बढी हो।

प्रकाशित: Dec 18, 2024| 11:31 बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्