सोमबार, पुस २९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कस्तो छ आजको मौसम पूर्वानुमान ?

 |  बुधबार, पुस ३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३, २०८१

ntc landingntc landing

काठमाडौं- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

himalayan bank box

जसको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ।

काठमाडौंमा मंगलबारको तुलनामा आज तापक्रम केही बढी छ। 

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरो तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Dec 18, 2024| 07:41 बुधबार, पुस ३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्