बिहीबार, पुस ३, २०८२

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

 |  मंगलबार, पुस २, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २, २०८१

सहकारी ठगीमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

National life

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि हदम्याद ९० दिन रहेकोमा अन्तिम पटक चार दिन म्याद थप भएको हो। उनलाई योसहित नवौं पटक म्याद थप भएको छ।  गत कात्तिक २ गते उनलाई पक्राउ गरेर पोखरा लगिएको थियो।

आज कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसमेत ५ जनालाई थप ४ दिन म्याद थप गर्ने आदेश दिएको हो।

हिजोमात्र लामिछानेलाई विभिन्न तीन मुद्दामा सजाय गर्नुपर्ने माग दाबीसहित कास्की प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिइएको छ। उनीसहित विभिन्न ५१ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवादीहरुबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने मागदाबी प्रहरीको छ।

प्रकाशित: Dec 17, 2024| 13:41 मंगलबार, पुस २, २०८१
प्रतिक्रिया दिनुहोस्