बुधबार, जेठ २०, २०८३

रविलाई आज म्याद थपका लागि अदालत लगिँदै

 |  मंगलबार, पुस २, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २, २०८१
National life
Shivam cement

काठमाडौं- सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिने भएको छ।  

पछिल्लो पटक लिएको म्याद सोमबार सकिएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ।सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदैछ।

प्रकाशित: Dec 17, 2024| 09:19 मंगलबार, पुस २, २०८१
प्रतिक्रिया दिनुहोस्