इलाम – इलाम सदरमुकाम टुडिखेलमा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको नागरिक अभिनन्दन प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको बिरोध पछि गौतम बुद्ध सभाहलमा सारिएको छ। नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको चरम आलोचना भइरहको समयमा सम्मान गर्न नहुने भन्दै विरोध जनाएपछि स्थान परिवर्तन गरिएको हो।
लगानी सम्मेलनमा सरिक हुन प्रधानमन्त्री ओली इलाम आउने भएपछि इलाम नगरपालिकाले सम्मेलनकै अवसरमा अभिनन्दन गर्न लागेको हो। इलामका मेयर महेस बस्नेतले नाकाबन्दीको सामना गरेको, चीनसँग पारवहन सम्झौता गरी भारत बेस्ठितबाट भूपरिबेस्ठित मुलुक बनाएको, सामाजिक सुरक्षा कोष जस्ता कार्यक्रम ल्याएको भन्दै अभिनन्दन गर्न लागेको बताएका छन्।
नेपाली कांग्रेस इलाम सभापति हिमालय कर्माचार्यले सरकार एकपछि अर्को विवादमा मुछिएको भन्दै नागरिक अभिनन्दन बहिस्कार गर्न जिल्लावासीलाई आग्रह गरेका छन्। निर्मला पन्त बलात्कार र हत्याको दोसी पत्ता नलाएको, वाइड बडि घोटाला गरेको, इलाम बजारको ऐतिहासिक चिया बगानलाई पर्यटन क्षेत्रमा सूचित नगरेको भन्दै अभिनन्दनको बहिस्कार गर्न स्थानीयलाई काङ्ग्रेसले आग्रह गरेको छ।
नागरिक अभिनन्दनको बिरोध गरेको काङ्ग्रेसले लगानी सम्मेलनको भने समर्थन गर्ने भएको छ। ‘हामीमी इलाममा देशभरका लगानी ल्याउले कुरामा सहमत छौ,’ कर्मचार्यले भने, ‘तर अलोकतान्त्रिक प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दनको भने हामी विपक्षमा छौ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४