बुधबार, साउन १३, २०८३

नेपाली फिल्ममा मसला बन्दैछ 'लोकल' भाषा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल सांस्कृतिक रुपमा धनी छ। भाषिक रुपमा पनि नेपाल धनी देश हो। भौगोलिक रुपमा सानै भए पनि नेपालमा विभिन्न जात जाति, भाषाभाषी र धर्म संस्कृतिका मानिसको बसोबास छ।

नेपाली राष्ट्र भाषा हो। राष्ट्र भाषा भएकैले नेपाली कामकाजी भाषा पनि हो। नेपाली भाषाका अनेक भाषिका छन् भने नेपालमा १२३ भाषा बोलिन्छ। पछिल्लो समयमा नेपाली फिल्म र टेलिफिल्ममा नेपालीका भाषिका र नेपालभित्र बोलिने अन्य भाषाको प्रयोग हुन थालेका छन्। लोकल भाषाको प्रयोग गरेर फिल्मलाई मसलेदार बनाउँने प्रचलन बढेको छ। जसलाई दर्शकले पनि राम्रै रुचाएका छन्। 

अभिनेता नाजिर हुसेनले आफ्ना फिल्ममा मधेसमा बोलिने मैथिली, भोजपुरी, अवधी भाषाको प्रयोग गर्ने गरेको पाइन्छ। उनले राज्जाराती फिल्ममा तराईमै बोलिने भाषाको संवाद प्रयोग गरेका छन्। उक्त फिल्ममा अभिनेत्री केकी अधिकारीले पनि मधेसी लबजमै बोलेकी छन्। उनले फिल्ममा प्रयोग गरेका ‘रसि छोडके का आइलेरे खिच’, ‘सरुवा नेताजीलाई एक फोन मागेर गराई दिन्छु’, लगायतका शब्द मधेसतिर बोलिने शब्द हुन्। उनले ‘सायद–२’ लगायतका अन्य फिल्ममा पनि आफ्नो क्षेत्रमा बोलिने भाषाको प्रयोग गरेका छन्।

कैलालीका सुशील सिटौलाले ‘होस्टेल रिटर्न’ लगायतका फिल्ममा अछाममा बोलिने भाषिकाको प्रयोग गरेका छन्। ‘मु क्यान दिऊँ, मुलाई मेरा बड्डाले ञ्याँ हुलाकी बन्न पठायाका हुन् कि इन्जिनियर बन्न पठायाका हुन्’ जस्ता शब्दको प्रयोग गरेका छन्। 

‘छक्कापञ्जा’ फिल्ममा अभिनेता दीपकराज गिरीले पनि अछामी भाषाको प्रयोग गरेका छन्। राइझुमाका सन्तान थेगो त निकै चर्चित पनि भयो।

विल्सनविक्रम राई पनि विभिन्न फिल्ममा राई भाषाको प्रयोग गर्छन्। मेरी बास्सैमा तक्मे बुढाको भूमिकासमेत निर्वाह गरेका उनले मेरि बास्सैमा पनि पूर्वेली भाषाको प्रयोग गरेका थिए।

यस्तै पछिल्लो समय टेलिसिरियलमा समेत स्थानीय भाषाको राम्रै प्रयोग भइरहेको छ। जोगिन्दरको पान पसलमार्फत शिवशंकर रिजालले तराईमा बोलिन भाषाको प्रयोग गरेका छन्। भद्रगोलमा कुमार कट्टेल जिग्री पूर्व धराने युवाको लवजमा प्रस्तुत हुन्छन्। राजेश नाथले सुदूर पश्चिम बैतडी, बाजुरामा बोलिने भाषाको प्रयोग गरे। उनले सुदूर पश्चिममा बोलिने भाषा प्रयोग गरेकै कारण चर्चा पनि बटुले।

‘डिठ्ठासाब’ सिरियलमा किशोर भण्डारीले नेवार समुदायमा बोलिने शैलीलाई पछ्याएका छन्। ‘डिठ्ठासाब’ सिरियलकी कलाकार रेश्मा तिमल्सिनाले शेर्पा समुदायको भूमिका निर्वाह गरिरहेकी छन्। 

यसरी फिल्म र टेलिफिल्ममा नेपालका भाषिका र नेपालमा बोलिने अन्य भाषाका शब्दको प्रयोग हुनु आफंैमा राम्रो पक्ष हो। यसले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै अन्य भाषा प्रवद्र्धनमा समेत टेवा पुर्‍याइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।