बिहीबार, असोज २, २०८२

एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै

 |  सोमबार, पुस १, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

vianetvianet

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका खेलहरू आज सकिँदै छ। अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्।

Kumaribank

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुनेछ। आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ।

जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन्। प्लेअफ चरणमा पुग्ने एउटा टोलीको टुंगो लाग्नमात्र बाँकी छ। अब कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्लेअफ चरणमा पुग्नेछन्। 

हालसम्म ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा छ। सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ। सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा छ।

प्रकाशित: Dec 16, 2024| 07:33 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्