बुधबार, साउन १३, २०८३

धादिङबाट चार किलो सुनसहित तीनजना पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- प्रहरीले धादिङको गजुरीबाट चार किलो अबैध सुनसहित तीन जनालाई  पक्राउ गरेको छ । चीनको केरुङ हुँदै रसुवागढीबाट छिराएर धादिङ पुर्याएको अवस्थामा प्रहरीले सुनसहित तीनजनालाई पक्राउ गरेको हो । 

गोप्य जानकारीका आधारमा प्रदेश तीनको विशेष प्रहरी टोली र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मोटरसाइकलमा लुकाएर लाँदै गरेको अवस्थामा बिहीबार पौने १० बजे उक्त सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–२ का २७ वर्षीय सञ्जीव वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ बस्ने २४ वर्षीय विकास तामाङ र त्यही ठाउँका अर्का एक युवक रहेका छन् ।

 उनीहरुलाई थुनामा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सुन उनीहरुकै हो वा कसैले भरियाका रुपमा प्रयोग गरेको हो भन्ने खुल्न सकेको छैन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।