शनिबार, असार ६, २०८३

राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त

 |  शुक्रबार, मंसिर २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २८, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गरेका छन्। 

नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको हो।

प्रकाशित: Dec 13, 2024| 16:51 शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्