सोमबार, असोज १९, २०८३

सुरेन्द्रराज पाण्डेको कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

 |  सोमबार, असोज १९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०८३

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पाण्डेले पार्टीभित्र एकता र सुदृढ संगठन निर्माणलाई प्राथमिकता दिँदै सबै तह र पुस्ताबीच संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा अघि बढ्ने बताएका छन्। उनले पार्टी सदस्यका रूपमा ४५ वर्षभन्दा बढीको अनुभव र तीन पटक केन्द्रीय सदस्यका रूपमा काम गरेको अनुभवलाई आगामी यात्रामा उपयोग गर्ने उल्लेख गरेका छन्। 

गण्डकी प्रदेश सरकारको नेतृत्व गर्दा सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिएको दाबी गर्दै पाण्डेले आगामी दिनमा पनि संगठन सुदृढीकरण, विचारमा स्पष्टता, निष्पक्षता र पार्टी एकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

उनले महाधिवेशन प्रतिनिधि, पार्टीका अग्रज, सहकर्मी, युवा तथा शुभेच्छुकको साथ र सहयोग आफूले अपेक्षा गरेको बताएका छन्।

प्रकाशित: Oct 05, 2026| 12:39 सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्