बुधबार, साउन १३, २०८३

उद्योगकाे दुर्गन्धले बस्ती विस्थापनको खतरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- स्थानीय उद्योगबाट फैलिएको दुर्गन्धको कारण वीरगंज महानगरपालिकाको भवानीपुर र सौराहा टोलको बस्ती विस्थापित हुने अवस्थामा पुगेको छ ।  

हाड प्रशोधन गर्ने दुईवटा र मासु प्रशोधन एउटा उद्योगबाट फैलिएको दुर्गन्धका कारण वडा नम्बर १८ को सौराहा र वडा नम्बर २० को भवानीपुरका बासिन्दा पीडित भएका हुन् । उद्योगको उत्पादन र भण्डारण व्यवस्थापन वातावरण मैत्री नभएकोले वरिपरीको बस्तीमा दुर्गन्ध फैलिएको हो । 

मध्यमाञ्चल बोन चिप्स , हिरा बफ मिट सप्लायर्स र नारायणी बोन चिप्स उद्योगले जथाभावी कच्चा पदार्थ र उत्पादन भण्डारण गर्दा स्थानीय भबानीपुर, सौराहा, अपौनी,जगरनाथपुर, उदयपुर घुर्मी र बगही टोलका बासिन्दा नराम्ररी प्रभावित भएका हुन् ।

दुर्गन्धका कारण हाम्रो घरमा पाहुना समेत आउन मन पराउँदैनन्,स्थानीयले गुनासो गर्दै भने, हावा चलेका बेला घरको झ्याल ढोका थुनेर समेत दुर्गन्धबाट मुक्ति पाउन सकिदैंन । सबैभन्दा बढी सौराहाको सामुदायीक विद्यालयका बालबालिका र शिक्षक प्रभावित छन् ।

हिरो बफ मिट सप्लायर्सले राँगाको मासु,  मध्यमाञ्चल बोन चिप्स र नारायणी बोन चिप्सले विभिन्न घरपालुवा जनावरको हाड खुर प्रशोधन गरेर स्थानीय र भारतीय बजारमा बिक्री गरिरहेका छन् ।

प्रदुषण फैलाउने कारखाना बन्द गराउन माग गर्दै महानगरपालिका र संघिय संसदको उद्योग, वाणिज्य समितिमा निवेदन दिएपनि उद्योगी विरुद्ध कुनै कारवाही नभएकोमा स्थानीय आक्रोशित छन् ।

 यो उद्योग बन्द ‌‌‌‌‌‌‌‌गराउन सात वर्ष अघि समेत स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए । आन्दोलन पछि तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालाले उद्योग बन्द गराएपनि केही समयपछि पुन: संचालनमा आएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।