बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सतुंगलको कपास उद्योगमा भिषण आगलागी, दश घण्टापछि नियन्त्रणमा

सतुंगलको कपास उद्योगमा भिषण आगलागी, दश घण्टापछि नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चन्द्रगिरी नगरपालिका ११ सतुंगलमा रहेको कपास उद्योगमा लागेको आगो दश घण्टापछि नियन्त्रणमा आएको छ । 

बिहीबार साझ ७ बजे लागेको आगो शुक्रबार बिहान ५ बजे मात्रै नियन्त्रणमा आएको छ । आगो नियन्त्रणमा लिन आठ वटा दमकल र ३० वटा पानी ट्याङकर परिचालन गरिएको थियो । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली समेत आगो नियन्त्रणमा खटिएको थियो ।
 
आगो निभाउने क्रम समयमै सुरु भएपनि कपासमा लागेको आगो निभाउन कठिन भएको प्रहरीले जनाएको छ। आगो कपास उद्योग नजिकै रहेको आल्मुनियम काराखानामा पनि सल्किएको थियो । विद्युत सर्ट भएर आगलागी भएको बताइएपनि कारणका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

आगलागीबाट कपास उद्योग र आल्मुनियम कारखाना पूर्ण रुपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले कतिको क्षति भयो भन्न कठिन भएको आगो नियन्त्रणमा खटिका प्रहरी निरिक्षक शंखर खड्काले जानकारी दिए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।